• सोमबार १-२४-२०८१/Monday 05-06-2024

लुम्बिनी प्रदेशका कृषि मन्त्री अहिरले दिए राजीनामा

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उहाँले राजीनामा दिनुभएको हो ।

 

मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना बिभागिय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

 

सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो ।

 

प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।\\   महानगरले तयारी कक्षामा सहभागी हुन इच्छुकलाई आवेदन

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनु भएको छ । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका