• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाण्डाै ।  जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डाै आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको छ ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा आउनुभएको हो । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

भ्रमणका क्रममा उहाँले काठमाण्डाै दरबार क्षेत्र र जमलमा रहेकाे मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नुहुने छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अस्पताल भर्ना

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।   नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।   सरकारी वकिल

आज २५६८ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

काठमाण्डौ ।  शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।   हरेक