• सोमबार १-२४-२०८१/Monday 05-06-2024

तेस्रो स्थानको खेलमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाण्डौ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

 

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउनुभयो ।

 

सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट हुनुभयो । उहाँ यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट हुनुभएको हो । यस्तै करण केसीले ३ र ललित राजवंशीले दुई रन बनाउनुभयो ।

 

बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिदाँ अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिनुभयो । एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

 

प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा एकअर्कासंग खेलिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

काठमाण्डौ ।  नेपालले वेस्ट इण्डिज ए विरूद्ध सहज जित निकालेको छ। अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ

काठमाण्डौ ।  टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी–२० खेल आज

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज (शनिबार) हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ