• आइतबार २-६-२०८१/Sunday 05-19-2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी–२० खेल आज

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज (शनिबार) हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जितिसकेको छ । (बिहीबार) भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो ।

 

पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो (शुक्रबार) बिदाइ गरिएको छ ।  वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ ।  ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।   आज भएको फाइनल खेलमा एपीएफले

आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक

काठमाण्डौ । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।   नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान