• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

साउदी अरबसंगको खेलमा नेपालले टस जित्यो, खेल ८ ओभरको हुने

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु भएको हो ।

 

पिच भिजेको कारण ढिलो सुरु भएको खेल ८ ओभरको हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् ।

 

नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।

 

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा अघि बढिसकेको छ । साउदीलाई भने सेमिफाइनलमा पुग्न जित आवश्यक छ । अर्को खेलमा हङकङ र मलेसियाको नतिजाले पनि समीकरणमा प्रभाव पार्नेछ ।

 

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा र प्रतिश जिसी रहेका छन् ।

 

त्यस्तै आज बेन्चमा अनिल शाह, विवेक यादव र सोमपाल कामी छन् । 
 

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका