• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

काठमाण्डौ। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज (शनिबार) बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका(८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका(६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो । 

 

गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १स्३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । रेग्मी सौराहाको जङ्गल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए । रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताउनुभयो । 

 

गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चार वटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र