• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

अन्तिम टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले पराजित

काठमाण्डाै ।  तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले हराएको छ । अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा बाईमार्फत १ रनमात्र ल्याउन सकेपछि आयरल्यान्ड ‘ए’ माथि नेपालले रोमाञ्चक जित निकालेको हो ।

 

नेपाल ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । आयरल्यान्ड ‘ए’ का ग्यारेथ डेलनीले ६८, मर्गन टपिङले ६० रन बनाए । नेपाल ‘ए’ का विपिन खत्रीले ३ विकेट लिए ।

 

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा अविजित सर्वाधिक ९३ रन बनाए । रशिद खान १२ बलमा २४ रन बनाएर आउट भए । त्यस्तै कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।

 

यो जितसँगै नेपाल शृङ्खला ‘क्लिन स्वीप’ हुनबाट जोडिएको छ । आयरल्यान्ड ‘ए’ ले यसअघि नै शृङ्खला जितिसकेको छ । नेपालले शुरुवाती २ खेलमा हार बेहोरको थियो ।

 

अब यी दुई टोलीबीच पर्सि बुधवारदेखि ३ खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ । एकदिवसीय शृङ्खला त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका