• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

 

गएको वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले सबै फम्र्याटका क्रिकेटबाट कप्तानी छोडेका थिए । यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी–२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । शन मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

 

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि पाकिन्तानी टोली अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा ३–० र न्युजिल्यान्डमा सम्पन्न टी–२० क्रिकेटमा ४–१ ले पराजित भएको थियो ।

 

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटअघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ग्ल्यान्डसँग टी–२० क्रिकेट खेल्दैछ ।

प्रतिकृया दिनुहोस

साउदी अरबसंगको खेलमा नेपालले टस जित्यो, खेल ८ ओभरको हुने

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल