• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर’

काठमाण्डौ । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको अध्ययनले जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रका समुदायमा गम्भीर असर गरेको देखाएको छ ।

 

समितिले तयार पारेको ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८०’ मा जलवायु परिवर्तनले हिमालय क्षेत्रको वातावरण र त्यसमा निर्भर समुदाय दुवैलाई असर पारिरहेको उल्लेख छ । समितिले स्थलगत अवलोकनका क्रममा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले ल्याएका असरहरूको अवस्थाबारे जानकारी लिएको थियो ।

 

हिमालमा हिउँ नपर्ने तथा कम पर्ने र परेको हिउँ पनि तीव्ररूपमा पग्लने अवस्था पाइएको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा जलवायु परिवर्तनका कारण समग्र वातावरण असन्तुलन हुने खतरा पनि त्यत्तिकै रहेको बताइएको छ ।

 

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा वर्षाको ढाँचामा नै परिवर्तन भइरहेको छ जसले गर्दा वर्षा र हिमपातको समय र यसको तीव्रतामा परिवर्तन आएको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तले अनेकौँ समस्या ल्याउँदा मानिससँगै अरू प्रजाति पनि समस्यामा पर्ने समितिको ठहर छ ।
 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव