• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

कथाकार परशु प्रधानको निधन ।।

काठमाण्डौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राती आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।

उहाँका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।
 
प्रतिकृया दिनुहोस

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम

काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ ।

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद