• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

उच्च मनोबलका साथ काम गर्न महानगर प्रमुख शाहको निर्देशन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ । 


आज (आइतबार) काठमाण्डौमा आयोजित छलफल कार्यक्रममा चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, विभिन्न समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

 

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिनुभयो । बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी हुनुहुन्भयो ।
 

प्रतिकृया दिनुहोस

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

काठमाण्डौ। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज (शनिबार) बिहान ११ः५० बजे चितवन राष्ट्रिय

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलायो

काठमाण्डौ । पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाण्डौ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख