काठमाण्डौ महानगर र २३ वटा क्याम्पसबीच सीपमूलक तालिम सञ्चालनका लागि सम्झौता

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सीपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
महानगरपालिकाले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ।यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुन्छन् ।
सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सीपको स्तरोन्नति गराइने महानगरले जनाएको छ । १५ हजार जना व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य रहेको छ । सम्झौता अनुसार कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् ।
प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रमको सुखद् थालनी नतिजामा देखिनुपर्ने बताउनुभयो । सीपमूलक तालिम लिनका लागि अहिलेसम्म १० हजार जनाको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ ।
विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका व्यक्ति र फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिक लक्षित वर्ग तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध
काठमाण्डौ । लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा
प्रतिकृया दिनुहोस