• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

बागमती सरकारको चालु आवको माघ महिना सकिँदा एक तिहाइ मात्र आम्दानी

काठमाण्डौ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिना सकिँदा करिब एक तिहाइ मात्र आम्दानी भएको छ ।

 

चालु आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारको माघ मसान्तसम्ममा ३३.६७ प्रतिशत अर्थात २१ अर्ब ११ करोड ५७ लाख ५२ हजार ३७५ रुपियाँ आम्दानी भएको हो ।

 

प्रदेश सरकारले गत असारमा ल्याएको चालु आवको बजेटमा राजस्व बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा गत माघ भित्रमा १० अर्ब ६८ करोड ३७ लाख ८३ हजार ७५५ रुपियाँ प्राप्त भएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत डा. अर्जुन अर्यालले जानकारी दिनुभयो ।

 

यस्तै, सङ्घीय सरकारबाट समानीकरण, विशेष, सशर्त र समपुरक गरी चालु आवमा १७ अर्ब ८१ करोड २३ लाख रुपियाँ अनुदान प्राप्त हुने अनुमान गरिएकोमा गत माघसम्ममा सात अर्ब ६९ करोड १४ लाख ११ हजार रुपियाँ निकासा भइआएको छ ।

 

प्रदेश सरकारको आफ्नै स्रोतबाट सङ्कलन हुने राजस्वतर्फ चालु आवमा प्रदेश सरकारले तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार सङ्कलनको अनुमान गरेकोमा माघ महिनासम्ममा दुई अर्ब सात करोड तीन लाख ६९ हजार १०१ रुपियाँ सङ्कलन गरेको छ । 

 

यसैगरी गत आर्थिक वर्षको नगद मौज्दात, बेरुजु तथा अनुदान फिर्ताबाट गरी १४ अर्ब ४५ करोड ४७ लाख तीन हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा माघ मसान्तसम्म ६७ करोड एक लाख ८८ हजार ८७९ रुपियाँ मात्र प्राप्त भएको मन्त्रालयको वित्तीय प्रगति विवरणमा उल्लेख छ । 

 

मन्त्रालयको वित्तीय प्रगति विवरणअनुसार बाँडफाँटबाट प्राप्त हुने राजस्वतर्फ वन रोयल्टी, खानी तथा खनिजसम्बन्धी रोयल्टी, विद्युत्सम्बन्धी रोयल्टी र पर्वतारोहणसम्बन्धी रोयल्टी प्राप्तिको अवस्था माघ मसान्तसम्म शुन्य छ ।
 

प्रतिकृया दिनुहोस

वर्षात्वसँगै सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा बिरोध

काठमाण्डौ ।  लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता बहादुर सिंह लामाद्वारा दाबी पेस

काठमाण्डौ। बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नुभएको छ।   मंगलबार एमाले र