• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

अञ्जु पन्तको स्वरमा डिपी परिश्रमीको नयाँ गीत ‘आमा तिमीले छाडेर गैगयौ’ (भिडियो)

काठमाण्डौ ।  अञ्जु पन्तको स्वरमा ‘आमा तिमीले छाडेर गैगयौ’ बोलको  गीत सार्वजनिक भएको छ ।  गीतमा आमाको महिमा र आमा नहुँदाको रिक्तताको बेजोड प्रस्तुति गरिएको छ ।


गीतकार डी. पी. दाहाल परिश्रमीको रचना, सन्तोष श्रेष्ठको सङ्गीत रहेको हृदयविदारक भावको गीत ‘आमा तिमीले छाडेर गैगयौ’ को भिडिओ डी. पी. दाहाल यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । 


गीतमा राजु कार्कीको म्युजिक एरेन्ज रहेको छ भने किशोर थापाले मिक्सिङ-माष्टरिङ गरेका छन् । रिता सिम्खडा दाहालको प्रस्तुति रहेको म्युजिक भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन् भने उत्तम हुमागाईंको सिनेम्याटोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ । 


स्मारिका ढकाल र सारदा अधिकारीले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । भिडिओमा आफ्ना सन्ततिहरुप्रति आमाको माया र आफूले हजार पीडा सहेर पनि सन्तानको अनुहारमा खुशी हेर्न चाहने आमाको असीमित प्रेमलाई दर्शाईएको छ । 
 

 

को हुन् सर्जक डी. पी. दाहाल ?


२०५१ सालबाट सक्रिय लेखनयात्रा सुरु गरेका सर्जक डी. पी. दाहाल परिश्रमीको प्रमुख साहित्यिक विधा गीत भएपनि मुक्तक, कथा र गजल लेखनमा पनि उनी त्यत्तिकै क्रियाशील रहँदै आउनु भएको छ । विगतमा रेडियो नेपालबाट उहाँका धेरै गीतिनाटक प्रसारण भएका छन् । उहाँद्वारा रचित गीतिनाटक ‘रुमल्लिएको जिन्दगी’ रेडियो नेपालमा धेरै पटक  प्रसारण भएको थियो ।

२०६४ सालमा अग्रज सङ्गीतकार शम्भुजित बास्कोटासँगको सहकार्यमा एकल रचनाको गीति एल्बम ‘तिर्सना’ प्रकाशन गर्नु भएका सर्जक दाहालका हालसम्म ४० वटा गीत रेकर्ड भएका छन् भने ती मध्ये धेरै गीतका भिडिओ समेत प्रकाशित छन् ।

 

उहाँको रचनामा ‘अन्तर्मनका सुसेलीहरु’ शीर्षकको पुस्तक समेत बजारमा आएको छ । गीत–सङ्गीत क्षेत्रमा पुरानादेखि नयाँ पुस्ताका सङ्गीतकार, गायक, गायिकाहरुसँग काम गरिसकेका दाहाल एक व्यावसायिक लेखा परीक्षक हुनुहुन्छ।  गीतमा काल्पनिकता भन्दा यथार्थता लेख्न मन पराउने उहाँ बजारको अवस्था फरक भएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । 


नेपाल अडिटर अशोसिएशनका प्रथम उपाध्यक्ष समेत रहनु भएका दाहाल गीतकार सङ्घ नेपाल, कलारुद्र गजादिप प्रतिष्ठान र नेपाल अडिटर अशोसिएशनका आजीवन सदस्य समेत हुनुहुन्छ । दाहाललाई सङ्गीत क्षेत्रमा उनले गरेको कामको उच्च मूल्याङ्कन गर्दै २०७७ सालमा गीतकारतर्फ ‘नातिकाजी स्मृति पुरस्कार’ र २०७८ मा गीतकारकै विधामा ‘तीजगीत अवार्ड’ प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम

काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ ।

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद