• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

आजको मौसम : कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना 

काठमाण्डौ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहि मनसुनी वायुको प्रभाव जारी रहेको छ । 


हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।  अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।


यस्तै राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव