• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती : गण्डकीमा सार्वजनिक बिदा

काठमाण्डौ ।  आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 


विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो । 


उहाँका ‘प्रश्नोत्तर’  ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’  लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।


उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।


काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।
भानुजयन्तीका अवसरमा आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।


भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 
 

प्रतिकृया दिनुहोस

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक

२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान

काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ ।   आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा

नर्वेका लेखकलाई नोबेल साहित्य पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ ।   फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले