• बिहीबार ४-१४-२०८३/Thursday 07-30-2026

२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान

काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ ।

 

आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको छ । पुरस्कारको राशि चार÷चार लाख रुपैयाँको रहेको छ ।

 

कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ  पर्‍याउन महत्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ । ६० वर्षभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय मुखियाले साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गर्नुभएको थियो ।

 

त्यस्तै, नेपालले बेहोरेको सशस्त्र द्वन्द्वले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई प्रविधि पनि मिसाई नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारका लागि तीन सय १३ वटा पुस्तक प्राप्त भएका थिए । 

 

मदन पुरस्कार  वि.सं  २०१३ र जगदम्बा–श्री  वि.सं २०४५ सालदेखि प्रदान गर्न थालिएको हो ।

प्रतिकृया दिनुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

राष्ट्रिय एकताको प्रवर्द्धनमा भानुभक्तले विशिष्ट योगदान पुर्‍याउनुभएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक