२०७९ सालको जगदम्बा–श्री सम्मान मुखियालाई र मदन पुरस्कार ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई प्रदान

काठमाण्डौ । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ ।
आज (सोमबार) पाटनमा आयोजित एक विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको छ । पुरस्कारको राशि चार÷चार लाख रुपैयाँको रहेको छ ।
कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ पर्याउन महत्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ । ६० वर्षभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय मुखियाले साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गर्नुभएको थियो ।
त्यस्तै, नेपालले बेहोरेको सशस्त्र द्वन्द्वले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई प्रविधि पनि मिसाई नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारका लागि तीन सय १३ वटा पुस्तक प्राप्त भएका थिए ।
मदन पुरस्कार वि.सं २०१३ र जगदम्बा–श्री वि.सं २०४५ सालदेखि प्रदान गर्न थालिएको हो ।

राष्ट्रिय एकताको प्रवर्द्धनमा भानुभक्तले विशिष्ट योगदान पुर्याउनुभएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक

नर्वेका लेखकलाई नोबेल साहित्य पुरस्कार
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले
प्रतिकृया दिनुहोस