मनाङ एयरको हेलिकप्टर दुर्घनामा ५ जनाको मृत्यु, पाइलट वेपत्ता
काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जना मेक्सिकन नागरिको मृत्यु भएको छ। जम्मा ६ जना सवार सो हेलिकप्टरका पाइलट चेतबहादुर गुरूङ भने बेपता रहेका छन् ।
मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने दुर्घटनामा परी हेलिकप्टर सवार ६ जनाकै मृत्यु भएको जानकारी दिनुभएको छ । बास्तोलाका अनुसार शव जलेको अवस्थामा फेला परेको छ। 'पहिचान हुन सकेको छैन’, उहाँले भन्नु भयो ।
अहिले शव संकलन गर्ने काम भइरहेको समाचार श्रोतले जनाएको छ ।
सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित
भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव
भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव
फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस
काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा
प्रतिकृया दिनुहोस