ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकियो
काठमाण्डौ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ ।
निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनु भएको हो । निर्माणस्थलमा कालोपत्रे उप्काइएको छ ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी काम अगाडि बढाउने विभागले जनाएको छ । महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको बताउनुभएको छ ।
अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि अरु काम भइरहेको उहाँको भनाइ छ । यो फ्लाइओभर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एम÷एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको थियो ।
फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ लागतमा बनाउने तयारी भएको थियो ।
अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना
काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको
बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न
काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा
भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव
भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव
प्रतिकृया दिनुहोस