• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकियो

काठमाण्डौ ।  पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ ।

निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनु भएको हो । निर्माणस्थलमा कालोपत्रे उप्काइएको छ ।


सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी काम अगाडि बढाउने विभागले जनाएको छ । महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको बताउनुभएको छ ।

अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि अरु काम भइरहेको उहाँको भनाइ छ । यो फ्लाइओभर दुई  वर्षभित्र  निर्माण  सम्पन्न  गर्ने गरी  एम÷एस  आशिष–समानान्तर  (जेभी) ले ठेक्का पाएको  थियो ।


फ्लाइओभर  १७ करोड ६८ लाख ८८ हजार  ८ सय ८ रुपैयाँ लागतमा बनाउने तयारी भएको थियो ।
 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव