• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

समलिङ्‌गी विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुबीच भएको विवाह दर्ता सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले पिंकी गुरुङसहित नौ दम्पतीको रिटमा उक्त आदेश दिएको हो ।

 

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिनु भएको थियो ।

उहाँहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका दिनु भएको हो । 

 

निवेदकले पेस गरेको रिटका अनुसार आफूहरुको सम्पर्कमा करिब २०० भन्दा बढी समान लिङ्गका नेपाली नागरिक जोडी रहेको उल्लेख गरिएको छ । उहाँहरूले सम्बन्धित निकायले आफ्नो विवाह दर्ता नगरेको भन्दै विवाह दर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका गराउनु भएको बताउनु भएको छ । 

 

रिटमा प्रारम्भिक सुनुवाइपछि तत्कालै निवेदकहरुबीच भएको विवाह दर्ता गराउन अन्तरिम आदेश जारी भएको हो । रिटमा अधिवक्ताहरु प्रेमचन्द्र राई, अनुराग देवकोटा, रौनिकराज अर्याल र पुकार दाहालले बहस गर्नु भएको थियो । 

 

नेपालको संविधान, मुलुकी देवानी संहितासहितका कानुनी आधारमा सबै नागरिकलाई वैवाहिक जीवनयापन गर्ने अधिकार भएको भन्दै निवेदकहरुबीच भएको विवाह दर्ता गराउन आदेश भएको छ ।

 

सर्वोच्चले समलिंगी तेस्रोलिंगी समुदायको विवाह दर्तासम्बन्धी कानुनी व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ । करिब १५ वर्षअघि सर्वोच्च अदालतले उमेर पुगेका व्यक्तिहरु सँगै बस्न सक्ने भन्दै समलिंगी विवाह गर्न पाउने फैसला गरेको थियो । तर मुलुकी देवानी संहितामा समलिंगी विवाहलाई मान्यता दिइएको छैन ।

प्रतिकृया दिनुहोस

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा

सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको

चेपाङ महिलामा हुने हिँसा न्यूनिकरणको प्रयास गर्नेछौं : सभापति साह

काठमाडौं । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथी हुने हिँसा न्यूनिकरणका लागि