• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

कम्युनिष्ट इतिहासमा धोकेवाजको रेकर्ड राख्ने २८ एमाले सांसदहरू

अन्ततः एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाएनन् । १२१ सांसद रहेको एमाले पार्टी अध्यक्षले जम्मा ९३ मत मात्र पाएका छन् । शुरूवातमा सामुहिक राजिनामा दिन तयार रहेका एमाले पार्टीकै माधव-झलनाथ समूहका २८ सांसदहरूले कथित विद्रोहको नाउँमा मतदानमा सहभागीता नजनाउने रणनीति अपनाएपछि ओली विफल भए । तसर्थ, आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिन संसद फेस गरिरहँदा २८ जना सांसदले उनी विफल भएको रमिता घरैमा बसी बसी  हेरे । 

 

एमाले संसदीय दलका मुख्य सचेतक बिशाल भट्टराईले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत दिन ह्वीप जारी गरेका थिए । तापनि, ती २८ सांसदले ह्वीप मात्रै उलंघन गरेनन् ।  कम्युनिष्ट पार्टीको इमान्दारिता र अनुशासनलाई समेत लत्याएर आफ्नो गुटगत तुष्टि पुरा गरे।  कम्युनिष्ट पार्टीमा आन्तरिक मतभेद र दुई लाइन संघर्ष स्वभाविक कुरा  हुन् । तर पार्टी अनुशासन उलङ्घन गर्नुलाई गम्भीर अपराधको रूपमा लिएन्छ, बरू ती नेताहरू त्यो अपराध गर्न तयार बने । तीब्र मतभेदका कारण आफ्नै  पार्टी अध्यक्ष ओलीलाई सत्ताच्यूत गराउन माधव नेपाल समूहले चालेको यो कदम इतिहासमा घृणाको विषयका रूपमा लेखिने छ ।  सँगैसँगै, आफूमामा कम्युनिष्ट चरित्र समाप्त पारेका २८ नेताहरू आलोचित पात्रका रूपमा युगान्तर परिचित रहनेछन् । 

 

जसरी नेपालमा कम्युनिष्ट आन्दोलनको विस्तारमा केशरजङ्ग रायमाझीलाई दरवारबाट परिचालित एउटा खलपात्रको रूपमा व्यख्या गरिएको  छ । ठीक उसैगरी, वैशाख २७ मा आफ्नै अध्यक्षको नेतृत्वको सरकार ढाल्न  कुटिल  कदम चाले उस्तै पात्रहरूको औपचारिक उदय भएको चर्चा आम जनमानसमा शुरू भइसकेको छ । नेपालमा कम्युनिष्ट एकता अभियानलाई कमजोर बनाउन आत्मघाती कदम चाल्ने माधव-झलनाथ समूह दक्षीणपन्थी इशारामा खटिएको आरोपलाई उनीहरू स्वयम्‌ले पुष्टि गरेर देखाए का छन् ।  सार्वभौम र सम्मानित सदनको गरिमामाथी बेइमानी गरेका  २८ जना एमाले सांसदहरूले यो कलङ्क मेटाउन कुनै पनि हालतमा सक्ने छैनन् । 

 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत छ भनि प्रस्ताव गरिरहँदा सो प्रस्ताव फेल गराउने रणनीति लिएर  संसदमा अनुपस्थित २८ सांसदहरू 

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

प्रतिकृया दिनुहोस

Nepal’s Achievements at COP 28: Leading Climate Action

December 17, 2023 The United Nations organizes an annual meeting to discuss climate change. At the recently concluded annual climate meeting of the United Nations Framework Convention on Climate Change (UNFCCC), COP 28, world leaders discussed the issue of dealing with climate change. This conference was held in Dubai, UAE from November 30 to December 12.   Nepal is also among the

‘परमादेश’को आडमा लोकतन्त्रको चीरहरण, शीतको आयु-घाम नउदाउञ्जेलसम्म

राजनीतिक दल विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा सङ्गठित हुन्छन् । राजनीतिक दलसँग राज्य सञ्चालनका बारेमा नीति, दृष्टिकोण, विचार र योजना हुन्छ ।

बामदेवको नयाँ अवतारको रुपमा माधव नेपाल

  नेकपा एमालेभित्र देखिएको आन्तरिक अन्तरविरोधलाई दीर्घकालीनरुपमै समाधान गर्ने हेतुले अस्ति (२३ जेठ २०७८) मा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा