• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

बामदेवको नयाँ अवतारको रुपमा माधव नेपाल

 

नेकपा एमालेभित्र देखिएको आन्तरिक अन्तरविरोधलाई दीर्घकालीनरुपमै समाधान गर्ने हेतुले अस्ति (२३ जेठ २०७८) मा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीद्धारा ६ बुँदे प्रस्ताव अगाडी सारियो । एमालेका आम नेता कार्यकर्ताले अपेक्षा गरेभन्दा पनि नरम किसिमले आएको यो प्रस्तावका वारेमा विभिन्न प्रतिक्रियाहरु पढन पाइयो । यो प्रस्तावका वारेमा राजनीतिक विश्लेषकहरु अझैसम्म मौन रहेपनि खासगरी माधव र खनाल समुहमा आवद्ध कमरेडहरुबाट पार्टीभित्रका अन्तरविरोध समाधान हेतु अध्यक्षले दिएको लचक प्रस्तावका वारेमा अलि बढी भ्रामक, अराजक, उत्तेजित र पार्टी एकता विरोधी तर्कहरु प्रस्तुत गरिए । राजनीतिक कुण्ठा र आग्रहले भरिएका र भाषागतरुपमा समेत उत्तेजित यी टीप्पणीहरुबाट समष्टिगतरुपमा के बुझन सकिन्छ भने उहाँहरु सिङगो एमाले निर्माणको पक्षमा हुनुहुन्न । अपवादमा योगश भट्टराईको ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ’ भन्ने अभिव्यक्ति केहीहदसम्म पचाउन र सम्मान गर्न लायक भएपनि सामाजिक सञ्जालमा जे जति टीप्पणीहरु प्रस्तुत गरिए, ती टीप्पणीहरुमा केपी शर्मा ओलीको लोकप्रियतामाथिको ईर्ष्याभाव प्रकट गरिएकोे थियो । अझ प्रष्ट भाषामा भन्ने हो भने ती टिप्पणीहरुमा जसरी हुन्छ, केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बर्हिगमन गराउने र आफू राजनीतिक सत्ताप्राप्ति गर्ने दमित लालसा, कुण्ठा र आवेग प्रतिविम्वित भएको थियो ।  

 

अपवादमा योगश भट्टराईको ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ’ भन्ने अभिव्यक्ति केहीहदसम्म पचाउन र सम्मान गर्न लायक भएपनि सामाजिक सञ्जालमा जे जति टीप्पणीहरु प्रस्तुत गरिए, ती टीप्पणीहरुमा केपी शर्मा ओलीको लोकप्रियतामाथिको ईष्र्याभाव प्रकट गरिएकोे थियो । अझ प्रष्ट भाषामा भन्ने हो भने ती टिप्पणीहरुमा जसरी हुन्छ, केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बर्हिगमन गराउने र आफु राजनीतिक सत्ताप्राप्ति गर्ने दमित लालसा, कुण्ठा र आवेग प्रतिविम्वित भएको थियो ।  


 

पार्टी अध्यक्षको ६ बुँदे प्रस्तावका विरुद्धमा माधव-खनाल पक्षबाट पार्टी विरोधी तीरहरु किन एकसाथ वर्सिए होलान ? किन उहाँहरुको समुहका केही मानिसहरु यति यति हदसम्मको अराजनीतिक टीप्पणी गर्न पनि पछाडी परेनन् होला ? यसको सिलसिला बुझ्न आजभन्दा ७ बर्ष अगाडि सम्पन्न  नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनसम्म फर्किनु पर्दछ । अझै यो अभिव्यक्तिको जरो-किलो नै केलाउने हो भने जनकपुरमा सम्मन्न एमालेको सातौँ राष्ट्रिय महाधिवेशन र बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशमा देखिएका अन्तरविरोधहरुको विश्लेषण गर्न आवश्यक छ ।

 

काठमाण्डौको दशरथ रङगशालाबाट जनताको बहुदलीय जनवादको नयाँ सोच र राजनीतिक दस्तावेज सहित महासचिव भएका जननेता मदन भण्डारीको जीप दुर्घटनामा भएको रहस्यम मृत्युपछि महासचिवकारुपमा उदाएका माधवकुमार नेपाल एमालेमा एकछत्र शासन गर्न चाहनुहुन्थ्यो । नेपालगञ्जमा भएको छैँटौ महाधिवेशनमा उहाँले केपी शर्मा ओलीले तयार पारेको शक्ति संञ्चयको राजनीतिक दस्तावेज पढेर सीपी मैनालीको प्रगतिशील सुधारको कार्यक्रमलाई पराजित गर्दै महासचिव बन्नु भएको थियो ।

 

मदन भण्डारीको निधनपछि तत्कालीन एमालेका बहुसंख्यक स्थायी कमिटीका सदस्यहरुले केपी शर्मा ओलीलाई महासचिव बन्न अनुरोध गर्दा पनि उहाँले त्यो अनुरोधलाई स्वीकार नगरी माधव नेपाललाई महासचिवका रुपमा प्रस्ताव गर्नु भएको थियो । यदि त्यो बेला केपी शर्मा ओलीले उहाँलाई महासचिवकोरुपमा प्रस्ताव नगरेको भए माधव नेपालको राजनीति यात्रा कस्तो हुन्थ्यो होला ? यो उहाँले सोच्ने बिषय हो ।

 

यसरी महासचिवको पद हत्याएपछि जनकपुरमा भएको सातौँ महाधिवेशनमा केपी शर्मा ओलीले पार्टीभित्र बहुपदीय कार्यनीति प्रस्तुत गर्नभयो । तर त्यो समयमा केपी शर्मा ओलीलाई पार्टीमा महासचिव र बहुपदीय प्रणालीको कार्यनीति पारित भएकोभए पार्टी अध्यक्षबाट बञ्चित गर्नकालागि विभाजित माले (बामदेव) समुहलाई पार्टीमा भित्रयाउनु भयो । बामदेवको पार्टीभित्र कमजोर भुमिकाकाकारण तत्कालिन माले (बामदेव) लाई नेता मान्ने त्यो समुहका धेरै मानिसहरुले माधव नेपाललाई समर्थन गरे, (विखण्डन र अराजकताको राजनीतिक सिद्धान्तबाट निर्देशित केही मानिसहरु आफु सच्चिनु होइन, की अझैपनि विखण्डनको बाटोमा माधव नेपाललाई समर्थन गरिरहेका छन) जसबाट केपी शर्मा ओलीको बहुपदीय प्रणाली पछि छलफल गर्ने गरि पार्टीको सम्पतिकोरुपमा रहयो र माधव नेपाल केपी शर्मा ओलीलाई पाखा लगाएर आफु महासचिव पद हत्याउन सफल हुनु भयो ।  

 

तर एकाएक मुलुकमा माओवादी सशस्त्र संर्घषको शान्तिपूर्ण रुपान्तरणकालागि १२ बुँदे दिल्ली सम्झौता भयो । यो ठीक वा वेठीक के थियो ? यसको भविष्यमा समीक्षा होला । तर यसको जगमा मुलुकमा २०६२/६३ सालको जनआन्दोलन भयो । यसले संविधान सभाको निर्वाचन र गणतन्त्रको सुनिश्चितता गर्यो । तर पहिलो संविधान सभाको निर्वाचनमा एमालेलाई ३३ सिटमा खुम्च्याए बापत तत्कालीन एमालेका महासचिवकारुपमा रहेका माधव नेपालले पदबाट राजीनामा दिनुभयो र एमालेको नेतृत्व झलनाथ खनालको पोल्टामा पुग्यो । पार्टीभित्र कमजोर र रक्षात्मक अवस्थामा पुगेका माधव नेपाललाई केपी शर्मा ओलीले सदैव साथ दिनुभयो । तर सातौ महाधिवेशनमा केपी शर्मा ओलीले प्रस्तुत गरेको बहुपदीय प्रणाली सहितको पारित कार्यनीति सहित जव उहाँ आठौँ महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो। माधव नेपालले केपी शर्मा ओलीलाई राजनीतिकरुपमा साथ दिनुभएन । 


 

पहिलो संविधान सभाको निर्वाचनमा एमालेलाई ३३ सीटमा खुम्च्याए बापत तत्कालिन एमालेका महासचिवकारुपमा रहेका माधव नेपालले पदबाट राजीनामा दिनुभयो र एमालेको नेतृत्व झलनाथ खनालको पोल्टोमा पुग्यो । तर पार्टीभित्र कमजोर र रक्षात्मक अवस्थामा पुगेका माधव नेपाललाई केपी शर्मा ओलीले सदैव साथ दिनुभयो । तर सातौ महाधिवेशनमा केपी शर्मा ओलीले प्रस्तुत गरेको बहुपदीय प्रणाली सहितको पारित कार्यनीति सहित जव उहाँ आठौँ महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नूभयो । माधव नेपालले केपी शर्मा ओलीलाई राजनीतिकरुपमा साथ दिनुभएन । 


 

तर माधव नेपालले १५ बर्ष एमालेको एकछत्र शासन गर्दापनि उहाँको चीत्त कहिले बुझेन । नवौँ महाधिवेशनमा उहाँ केपी शर्मा ओलीसँग अध्यक्षको प्रतिस्पर्धी बन्नु भयो । पन्ध्रबर्षसम्म पार्टीको नेतृत्व हत्याएर नेकपा एमालेलाई 'न भाले न पोथी' को उपमा दिनेसम्मको स्तरमा पुरयाउन सफल हुनुभएका, माओवादी र वाइसीएलबाट दिनदहाडै हेपिने काटिने कुटीने र मारिने अवस्थामा कार्यकर्ता पुग्दापनि नेतृत्वमा लालसा राख्ने माधव नेपाललाई नेकपाका कार्यकर्ताले रुचाएनन् । उहाँ केपी शर्मा ओलीवाट  पराजित हुनुभयो । तर उहाँमा अध्यक्ष बन्ने रुची कहिले हराएन । त्यसैले उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी अन्तरविरोधको समयमा कार्की व्याँक्केडवाट भएपनि एकपल्ट अध्यक्ष वनि छोडनु भयो ।  

 

केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध वनाउनका लागि फरक विचार बोकेको तत्कालीन माओवादी केन्द्रलाई मिलाएर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुरयाउनु भयो । हिँजो एकले अर्कालाई देख्न नसक्ने, युथ फोर्स र वाइसीलका नाममा एक अर्कामा भीडिहाल्ने युवा जमातले पनि यसलाई स्वीकार गरयो । तर माधव नेपालमा वामदेव, झलनाथ र प्रचण्ड समेतसँग अन्तरविरोध सिर्जना गर्दै केपी शर्मा ओलीलाई कमजोर बनाउने र आफू कुनै न कुनै पदमा पुग्ने हिँजोको भूत कहिले सेलाएन । तत्कालीन नेकपाभित्र कहिले बहुमत र अल्पमत भन्दै चर्को विधी-विधानको कुरागर्दै, कहिले कसैलाई प्रधानमन्त्री र कसैलाई राष्ट्रपति पद बाँडदै केपी शर्मा ओलीलाई कमजोर बनाउने र आफू जसरी हुन्छ पार्टी अध्यक्ष हुने महत्वकाङ्क्षा उहाँवाट कहिले हटेन । हिँजो सातौं महाधिवेशनमा विभाजित मालेलाई साथ लिएर केपी शर्मा ओलीलाई पाखा लाएजस्तै अव प्रचण्डलाई साथ लिएर केपी शर्मा ओलीलाई पाखा लगाउने माधवको रणनीतिको शिकार बनेको प्रचण्डलाई पनि अहिले राम्रैसँग थाहा भएको हुनुपर्छ । 

 

केपी शर्मा ओलीलाई धारे हात लगाउदै प्रचण्डसँग 'डिप-लभ' परेका माधव नेपालहरु त्यतिवेला घरवार विहीन भए, जतिवेला अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई आफनै घर चिनाइदियो । हिजो नेकपाभित्र बहुमत र विधी विधानका नाममा केपी ओलीसँग पौठेजोरी खेल्ने माधव खनालहरु अल्पमतमा परेपछि बहुमतले गरेका निर्णयहरु नमान्ने भए । उहाँहरुलाई बादल र टोप बहादुरहरु एमाले बनेको र पार्टी फराकिलो भएको मन परेन । पार्टीलाई जेठ २ मा फर्काउने माग राख्नुभयो । हिजो दुखकोवेलामा राजनीतिरुपमा साथ दिने बादलहरुलाई केपी शर्मा ओलीले  पार्टीबाट निकाल्नु पर्ने राजनीतिकरुपमा असङ्गत तर्क राखेर पार्टीभित्रको अन्तरविरोध कसरी समाधान होला ? 

 

पार्टीको अन्तरविरोध हल गर्ने सन्दर्भमा अध्यक्षबाट आएका प्रस्तावहरुले केपी शर्मा ओली पार्टी एकताकालागि यति नरम हुनु होला भन्ने कुनै पनि विश्लेषकहरुले अनुमान गरेका थिएनन होला । तर यो लचकताकासाथ उहाँ प्रस्तुत हुनु भनेको उहाँ पार्टीभित्रको समस्यालाई हल गरेर अगाडी बढन चाहनु हुन्छ ।  तर उहाँको विरोधमा आएका टीप्पणीको सारले माधव खनाल समुह पार्टी विखण्डनको पक्षमा हुनुहुन्छ ।

 

दुनियाँलाई थाहा छ, संसदीय प्रणाली अपनाएको देशमा एउटा पार्टीको सदस्य र त्यो पार्टीको चुनाव चिन्हवाट निर्वाचित साँसद आफनै पार्टीको अध्यक्ष र संसदीय दलको नेता बनेर प्रधानमन्त्री भएको व्यक्तिलाई हटाउन र अन्य पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन अदालतसम्म पुग्छ भने त्यहाँ को पार्टी विखण्डनको पक्षमा छ, त्यो भविष्यले बताउने छ । डीप लभ परेपछि छुटन गार्हो छ, हाम्रा विखण्डनको पक्षमा भएका नेताहरुको प्रचण्ड र देउवासँगको राजनीतिक डीप लभ् व्रेक हुने संभावना कम छ, ।

 

पार्टीका अध्यक्षबाट लचकता सहितको ६ बुँदे प्रस्तावमाथीका प्रतिक्रियाहरु यही 'डिप-लभ'का उपज हुन र आफू शक्ति र सत्ता प्राप्त गर्न सातौँ, आठौँ र नवौँ महाधिवेशनदेखिका राजनीतिक प्रतिशोध, घात, प्रतिघात, कुण्ठा र राजनीतिक लालसा बाहेक केही होइनन् । यस्ता कुण्ठाहरु सामाजिक सञ्जालमा ओकल्दैमा सर्लक्क नेतृत्व कसैले दिदैन । राजनीतिमा अदालतभन्दा जनताको अदालत ठुलो कुरा हो । जनमतमै दभ्भ भए देशले निर्वाचनको घोषणा गरिसकेको छ, त्यसको तयारी गरौं । पार्टीकै विधि र विधानको पक्षमा बहस गर्ने हो भने पार्टीले वडा तहदेखि राष्ट्रिय तहसम्मका महाधिवेशनहरुको मिति तोकिसकेको छ । ती अधिवेशनहरुमा बहस गर्ने र नेतृत्व हत्याउने दम्भ देखाऔं । पार्टी अध्यक्षको यति लचक प्रस्तावमा पनि तपाई अन्तरविरोधहरु हल गर्ने आँट गर्नु हुन्न भने सामाजिक सञ्जालमा रोइलो गर्नुको कुनै अर्थ छैन ।

 

दुई तिहाई ल्याउने संभावना बोकेको नेकपा एमालेले २०५४ सालमा बामदेव मार्फत पार्टी विभाजित गरेर जनताको सपनालाई धुजा धुजा बनाइएको थियो । आज त्यसको २४ बर्षपछि माधव नेपाल बामदेवको अवतारको रुपमा पार्टी विभाजित गर्दै विभाजनको इतिहास दोहोर्‌याउन लागि पर्नुभएको छ । अव एमालेजनका लागि भीरजाने गाईलाई राम राम भन्नुको कुनै विकल्प छैन ।  

 

(डा. कल्याण रोकाको यो लेख हामीले चक्रपथ डककम बाट साभार गरेका हौं । लेखक युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुनुहुन्छ) 

 

प्रतिकृया दिनुहोस

‘परमादेश’को आडमा लोकतन्त्रको चीरहरण, शीतको आयु-घाम नउदाउञ्जेलसम्म

राजनीतिक दल विचार, सिद्धान्त, मूल्यमान्यताका आधारमा सङ्गठित हुन्छन् । राजनीतिक दलसँग राज्य सञ्चालनका बारेमा नीति, दृष्टिकोण, विचार र योजना हुन्छ ।

ईश्वरका बारेमा के भन्थे बुद्ध?

अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले

कोरोना कहर : हुँदा खाने र हुनेखानेबीचको खाडल गहिरिँदै

काठमाडौं । कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले