• बुधबार ६-३०-२०८१/Wednesday 10-16-2024

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ ।

 

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोध्नुभएको हो । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो ।

 

“सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो । बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गर्नुभयो ।


छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका