• बुधबार ६-३०-२०८१/Wednesday 10-16-2024

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ ।

 

सुत्केरी महिलालाई काठमाडौं ल्याउन गोर्खा गएको  हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको फिस्टेल एयरका अपरेेशन्स विभागका रमेश शिवाकोटीले जानकारी दिए ।  हेलिकप्टरमा चालक र एक बालकसहित ७ जना सवार थिए ।

 

नाइन एन एके ए कलसाइन भएको उक्त  हेलिकप्टर दुर्घटनामा गोरखाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु,  सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार रहेको  गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

 

हेलिकप्टर पाइलट रञ्जन लिम्बुले चलाएका  थिए । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले बताए  । पोखरेलका अनुसार शवहरु घटनास्थलमा शव टुक्रिएर छरिएका छन् ।

 

हेलिकप्टर दुर्घटना भएको स्थानमा घना जंगल छ र उक्त स्थानबाट धुवाँ आइरहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा