• बुधबार १०-२-२०८१/Wednesday 01-15-2025

सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता दोहोर्‍याउन भएको छ।

 

आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको ओलीले बताउनुभएको छ। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने भएको कुरा स्मरण गराउनुभएको छ।

 

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्का लगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्दै ओलीले सामाजिक सञ्जालमा आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ।

 

‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरूसँग बालुवाटारमा’, ओलीले फेसबुकमा लेख्नु भएको छ।

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका