आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना
काठमाण्डौ । आज दिउँसो कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना रहेको छ ।
मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक–दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ ।
अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना
काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको
बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न
काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा
भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव
भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव
प्रतिकृया दिनुहोस