कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५३ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडिड अर्थात् उत्तीर्ण भएका छन् ।
यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८ दशमलव २६ प्रतिशत र २०७६/०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै
काठमाण्डौ । काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ । अभियानका क्रममा

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई
प्रतिकृया दिनुहोस