• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

काठमाण्डौ उपत्यकामा सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दै

काठमाण्डौ ।  काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।

 

अभियानका क्रममा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ । खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा पुगेर दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।

 

विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा. गौतमले बताउनुभयो । पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।

 

यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डा. गौतमले बताउनुभयो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।

प्रतिकृया दिनुहोस

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५३ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।   बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि

काठमाडौं महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले एसइई पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई ध्यान दिँदै तयारी कक्षा सुरु गरेको छ । अनुत्तीर्ण विद्यार्थीलाई