• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा भइरहेको छ ।

 

अहिले बिहान पनि केही ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ढंगेमा ६१ मिलिमिटर वर्षा भएको छ ।

 

यसैगरी सुर्खेतको गोथीखण्डमा ७१ मिलिमिटर पानी परेको छ । पश्चिम नवरपरासीको देउराली, पर्वतको कार्कीनेटा, दैलेखको डाडागाउँ, गोर्खाको आरुघाट र बारपाक, लम्जुङको बेसीशहर लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम पानी परेको छ ।

 

यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै महाकाली, कर्णाली र यसका प्रमुख सहायक नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव