• आइतबार १-१४-२०८२/Sunday 04-27-2025

आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने

काठमाण्डौ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले बाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । दिउँसो कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।

 

त्यस्तै पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यस्तै ललितपुरको खुमलटार र गोदावरीक्षेत्र तथा तथा सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ तर रातिको पानीले काठमाण्डौका नदीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

बाग्मती, विष्णुमती, धोविखोलालगायतका नदीमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको छ । सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव