• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

काठमाण्डाै। सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

 

विभागका अनुसार बर्खायाम शुरु भएपछि दुई सय ९६ ठाउँको सडक अवरुद्ध भएकोमा सात वटा राजमार्गका १७ ठाउँको सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका हुन् । एक सय ५२ ठाउँको सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । एक सय २७ ठाउँको अवरोध भने पूर्णरूपमा हटाइएको छ ।

 

कोशी राजमार्ग सङ्खुवासभाको समाटारमा, डुम्रे–बेसीशहर–चामे सडक लमजुङको तिमाङमा, तानसेन–रिडी–कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोनामा, पुष्पलाल (मध्यपहाडी) राजमार्ग बाग्लुङको काउछे मनेवामा, तानसेन–रिडी–कोरला सडक बाग्लुङको दलव्याङ भीरमा सडक अवरुद्ध छ ।

 

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बाग्लुङको बोक्सेमा सडक अवरुद्ध छ । तानसेन–रिडी–कोरला सडक गुल्मीको बर्दरे खोलामा पनि सडक अवरुद्ध रहेको विभागले जनाएको छ । सडक खुलाउने काम भइरहेको छ ।

 

अवरुद्ध नभएका सडकमा पनि कतिपय ठाउँमा जोखिमपूर्ण रहेकोले अत्यावश्यक नपरी यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै ।  नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचाैरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाण्डौ । गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन