• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

एमाले अध्यक्ष ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुनुहुने 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लाग्नु भएको हो ।

 

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नुभएको हो । 


  
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति  रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनुभएको छ ।

 

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । 'भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ', राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

 

स्रोतका अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुहुनेछ । अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा