• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024

आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक

काठमाण्डौ ।  चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।

 

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्त स्थिति प्रतिवेदनअनुसार मुल्यवृद्धि सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् ।

 

त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिती र रेमिट्यान्स पनि बढेको छ । ११ महिनामा रेमिट्यान्स १९ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

 

राष्ट्र बैंककाअनुसार मूल्यवृद्धि गएको जेठमा चार दशमलव १७ प्रतिशत मात्रै रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दुई दशमलव ९४ प्रतिशत रहेको छ । साउनदेखि जेठसम्म चालु खाता दुई खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

 

यस्तै, विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै धेरै रहेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिती जेठसम्म आइपुग्दा २७ दशमलव ८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले १५ महिनाको वस्तु आयात र साढे १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक सङ्घ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य