• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

काठमाण्डौ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना छ । ती क्षेत्रका थोरै ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ ।

 

अहिले पूर्व पश्चिम राजमार्ग नजिकै सुनसरी खोला र झापामा पूर्व पश्चिम राजमार्ग नजिकै विरिङ खोला सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहने अनुमान छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव