• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने

काठमाण्डौ । गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ। अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही,  झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १ सय ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै मोरङको केराबारीमा १ सय ३८ दशमलव ४ र  सर्लाहीमा १ सय ४१ मिलिमिटर पानी परेको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो फेरि केही ठाँउमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन ।

अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएकाे छ । 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव