• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने

काठमाण्डाै – शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाकाे मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।

पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो । भोलिदेखी वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव