• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता 

काठमाण्डौ । सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

 

प्रमुख सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएकोसम्बन्धी पत्र संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

 

पत्रमा समर्थन फिर्ताबारेको जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा एमाले संसदमा प्रतिपक्षमा रहने उल्लेख छ । कांग्रेससँग नयाँ सत्तागठबन्धनको सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ ।

 

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि रघुवीर महासेठको नेतृत्वमा सरकारमा एमालेका आठ जना मन्त्री सहभागी थिए । गएको १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा सहमति भएको थियो । एमाले र कांग्रेस दुवैले राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) सदनमा उठेका प्रश्नको जवाफ आज सदनमा दिने कार्यसूची रहेको छ ।   दिउँसो १ बजे बस्ने

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि

प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत अन्सारीको भेट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका