• बिहीबार ४-१०-२०८१/Thursday 07-25-2024

विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

काठमाण्डौ – गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ ।

 

गृह सचिव एकनारायण अर्यालले हिजो ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो । उहाँले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

 

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

 

मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्वार र राहतका लागि हेलिकप्टरदेखि अरू प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई गृहले अनुरोध गरेको छ । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको गृहसचिव अर्यालले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्छ : अध्यक्ष बस्ने

काठमाण्डौ । अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।   सामाजिक

सिमलताल घटना : बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

काठमाण्डौ ।  नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार

सिमलताल दुर्घटनामा १७ शव फेला, नौ वटाको पहिचान खुल्यो

काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७