• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुहुने 

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनुभएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताउनुभयो । 
साथै, रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको पनि उहाँले बताउनुभएको छ ।

 

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक बोलाउनुभएको थियो । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने केही नेताले सुझाव दिएका थिए ।

 

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो भएमा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यवसथा गरिएको छ ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा