• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदै

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदै छ ।

 

पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने भएको हो ।

 

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

 

यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले ‘हेर्दाहेर्दै’ मा राखेर आज सुनुवाइ गर्ने आदेश गरेको थियो ।

 

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा