• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै

एजेन्सी । फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ ।  युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गर्नुभएको हो ।

 

आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ । यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका पाँच सय ७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ ।

 

संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् । आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै पाँच सय ७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ ।

 

विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ । जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् ।

 

संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले दुई सय ८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै एक सय ७२ सिट जितेको थियो ।  

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद