• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवानाको सजाय निर्धारण

काठमाण्डौ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाण्डौका श्रेष्तेदार रामु शर्माले बताउनुभयो ।

 

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । गिरीले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

 

रावलले बलात्कार मुद्दामा अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ १ देखि दोस्रो चरणको अनशन थालेकी थिइन् । सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।
 

प्रतिकृया दिनुहोस

आज देशभर हल्का मनसुनी प्रणालीको प्रभाव रहने

काठमाण्डौ । देशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।   हाल कोशी, मधेश, बागमती र गण्डकी

जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृत्यु

काठमाण्डौ । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् ।

आदिवासी महिला तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्न संकल्प प्रस्ताव लैजाने सांसदहरूको तयारी

ललितपुर । प्रतिनिधीसभा र प्रदेस सभाका सांसदहरूले आदिवासी जनजाति महिला र किशोरीहरूको अधिकार संविधानमा सुनिश्चित गर्न संसदमा संकल्प प्रस्ताव