• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

गृहमन्त्री मुछिएको सहकारी ठगी प्रकरणमा थप कागज झिकाउन निवेदक पक्षको माग

काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा थप कागज झिकाउन निवेदक पक्षले माग गरेको छ।

 

न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा निवेदक पक्षका वकिलले लामिछानेविरुद्ध रुपन्देहीमा दर्ता भएको अभियोग पत्र, सिआइबीको अनुसन्धान प्रतिवेदन, संसद्‌मा लामिछाने र प्रधानमन्त्री दाहालले बचाउ व्यक्त गरेका कुरा झिकाउन आदेश माग गरेका छन्।

 

यस मुद्दामा सुनुवाइ सकिए पनि आदेश आइसकेको छैन। यस मुद्दामा बेलुकासम्म आदेश आउनसक्ने अदालत स्रोतले जनाएको छ। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए।

 

गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो। महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।

 

उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा