• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

नुवाकोटको दुप्चेश्वरमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बन्ने

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका  ४ बेतिनिस्थित नाम्सापुरानमा ग्लान थर भएका तामाङहरूको पहिचान झल्लिने सङ्ग्राहलय निर्माण हुने भएको छ । ग्लान समाज नेपालद्वारा आयोजित थातथलो भ्रमण कार्यक्रममा सहभागी हुन दुप्चेश्वर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सङ्ग्राहलय निर्माणबारे जानकारी दिनु भएको हो । 

 

जेठ २६ गते आफ्नै वंशको थातथलो पुग्नु भएका मन्त्री तामाङले ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउन सरकारले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उक्त रकम 'ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ को नाममा विनियोजित भएको समेत उहाँले बताउनु भयो । 

 

सो ठाउँको भ्रमणमा मन्त्री लागयत ग्लान थर भएका तामाङहरू नुवाकोट ‍पुग्नुभएको भ्रमणमा संलग्न पत्रकार अर्जुन ग्लान तामाङले संवाद अनलाईनलाई जानकारी दिनुभयो ।


यसैगरी, बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताउनु भयो । उहाँले ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि वंशथलोको दिगो संरक्षण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

 

थातथलो अवलोकनको क्रममा बागमती प्रदेशका पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि  बजेट विनियोजन गरेकोमा मन्त्री तामाङलाई धन्यवाद दिँदै थातथलोलाई सबैले विर्सन नहुने बताउनुभयो ।


त्यस्तै, बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ ।


यस्तै गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरण समेत हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा