• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

विश्व वातावरण दिवस आज जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

 

यसवर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ ।

 

सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न‍ समस्या र तिनका समाधानमा कार्यक्रमहरु केन्द्रित हुने गरेका छन् ।

 

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा भइरहेको छ ।   अहिले बिहान पनि केही ठाउँमा हल्कादेखि मध्यम पानी परेको

आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने

काठमाण्डौ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले बाग्मती र गण्डकी प्रदेशका केही तथा