मधेश प्रदेशको जनकपुरधाममा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ हुँदै
काठमाण्डौ । मधेश प्रदेशको जनकपुरधाममा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ हुँदैछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम् मेलाका मधेश प्रदेश संयोजक दीपेन्द्र पौडेलकाअनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन् । कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताउनुभयो । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल रहनेछन् ।
श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल रहनेछन् । कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ ।
सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेश प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने भएको हो । हरेक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुने मेला अस्ति १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको छ । विराटनगरमा अस्ति र हिजो मेला भएको थियो ।
आज र भोलि जनकपुरमा हुनेछ । यस्तै गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।
श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन
काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको
काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ । सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग
श्रमाधान रोजगार मेला आज र भोलि पोखरामा हुँदै
गण्डकी प्रदेशको पोखरामा आज र भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
प्रतिकृया दिनुहोस