• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदै

काठमाण्डौ । आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ ।

 

देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न छन् ।

 

२४ औँ विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले संयुक्त रुपमा झापामा मूल समारोह गर्दैछन् ।

 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ तरिखदेखि विश्व दुध दिवस मनाउन शुरु गरेको हो । आम मानिसलाई दुधको उपभोग गर्न र यसबारेमा चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन शुरु गरेको हो ।

 

पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम वलीले नेपालमा उत्पादन हुने दुधको गुणस्तरमा कुनै समस्या नरहेको बताउनुभयो । तर दुध बेचेर किसानले पाउनुपर्ने भुक्तानीमा भने बेला बेला समस्या आउने गरेको सरोकारवाला र किसानको गुनासो छ ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा