• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठन

काठमाडौँ ।   प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।

 

सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका  लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका थिए । प्रमुख दलहरुबीचको सहमतिका आधारमा ल्याइएको उक्त समितिको कार्यादेशसहितको प्रस्तावलाई सभाका सभामुख देवराज घिमिरेले प्रस्तुत गर्दा बैठकले सहमति दिएको थियो ।

 

समितिको सभापतिमा नेकपा ९एमाले० सूर्यबहादुर क्षेत्री, सदस्यमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र  पार्टीका ध्रुवबहादुर प्रधान, कांग्रेसका बद्रीप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र  एमालेका सरिता भुसाल रहनुभएको छ ।

 

समितिले सहकारी संस्थामा देखिएको सङ्कट, कानुनी समस्या, नियमन र सुपरीक्षेण, पारदर्शिता र समस्याग्रस्त सहकारीका जोखिममा रहेकाको बचत सुरक्षा र फिर्ताको प्रक्रियाको अध्ययन र विश्लेषण गरी सिफारिस गर्नेछ । यस्तै सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन, हानी नोक्सानी, संसद्मा विषय उठेका, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा प्रवाह भएको रकम र त्यसमा सम्लग्न व्यक्तिका सम्बन्धमा छानबिन गरी कारबाहीको सिफारिस गर्ने र छानबिन हुनुपर्ने विभिन्न सहकारीको नाम कार्यादेशको अनुसूचीमा राखिएको छ । समितिको कार्यावधि तीन महिनाको हुनेछ ।

प्रतिकृया दिनुहोस

अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्छ : अध्यक्ष बस्ने

काठमाण्डौ । अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।   सामाजिक

सिमलताल घटना : बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

काठमाण्डौ ।  नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार

सिमलताल दुर्घटनामा १७ शव फेला, नौ वटाको पहिचान खुल्यो

काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७