• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी : पूर्वराष्ट्रपति भण्डारी (पूर्ण पाठ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनतामा सकारात्मक परिवर्तन देखिनु गणतन्त्रको उपलब्धी भएको बताउनुभएको छ ।

 

१७औँ गणतन्त्र दिवसका अवसरमा  एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले कनुैपनि शासन व्यवस्थाको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र सञ्चालन गर्ने पात्रमा निर्भर रहने उहाँको भनाइ छ ।

 

उहाँले शुभकामना सन्देशमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुपर्ने बताउनुभएको छ ।

 

“विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ ।

 

उहाँले कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्ने बताउनुभएको छ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्ने  सन्देशमा उल्लेख छ ।

 

पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गकिने बताउनुभयो ।

 

उहाँले ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह पे्ररणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

१७औँ गणतन्त्र दिवसको शुभकामना सन्देश(पूर्ण पाठ)

१७औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ
अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक
कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।

वि.सं. २०६५ साल ज्येष्ठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो वैठकद्वारा २४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको
सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।

कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्दछ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास,
सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दूमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्दछ ।

नेपालको संविधानले जनताका आधारभूत अधिकारहरूलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको

अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिन्छ ।

अन्तमा‚ आजको यस ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय
आकांक्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।
धन्यवाद ।

२०८१ जेठ १५ गते मङ्गलबार ।

 

प्रतिकृया दिनुहोस

अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्छ : अध्यक्ष बस्ने

काठमाण्डौ । अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।   सामाजिक

सिमलताल घटना : बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

काठमाण्डौ ।  नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार

सिमलताल दुर्घटनामा १७ शव फेला, नौ वटाको पहिचान खुल्यो

काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७